खेलकुद

प्रथम दमक नगर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

झापा, जेष्ठ १४ । प्रथम दमक नगरपालिका स्कुल स्तरिय रनिङ्ग शिल्ड प्रतियोगिता–२०७६ समापन भएको छ ।
दमक ६ स्थित सुर्योदय अंग्रेजी पाठशाला परिसरमा मंगलबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियोगिताको समापन गर्नु भएको थियो । दमक खेलकुद विकास समितिको आयोजनामा यहि जेष्ठ ४ गते देखि दमक नगरमा रहेका सामुदायिक तथा संतागत विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा मावि तहसम्म अध्ययनरत विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

प्रतियोगितामा दश स्वर्ण, एघार रजत र छ कास्य सहित २७ पदकका साथ सुर्योदय अंग्रेजी पाठशाला प्रमथ भएको थियो । उसले ट्रफि, मेडल सहित नगद २१ हजार प्राप्त गरेको छ । नौ स्वर्ण, सात रजत र पाच कास्य सहित २१ पदकका साथ हिमालय मावि द्धितिय भएको थियो । उसले ट्रफि, मेडल सहित नगद १६ हजार प्राप्त गरेको छ । त्यसै गरी छ स्वर्ण, छ रजत र आठ कास्य सहित २० पदकका साथ पृथ्वी मावि तृतिय भएको थियो । उसले ट्रफि, मेडल सहित नगद ११ हजार प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने विद्याथी र विद्यालयलाई प्रमुख अतिथि कानुन मन्त्री कार्की सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, दमक नगरपालिका पमुख रोम ओली, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धर्मराज सिवाकोटी, दमक नगरपालिका शिक्षा शाखा प्रमुखलगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.