
झापा, जेष्ठ १५ । मेचीनगर खेलकुद विकास समितिले १२ औ गणतन्त्र दिवसको अवसर पारेर प्रथम मेचीनगर खेलकुद महोत्सव–२०७६ सुरु गरेको छ । प्रतियोगिताको उद्घाटन मचीनगर प्रमुख विमल आचार्यले गर्नु भएको थियो ।

खेलकुद महोत्सवको उद्घाटन खेलको रुपमा बुधबार मेचीनगरको चारआली देखि धुलाबारी सम्म खुल्ला महिला तथा पुरुष म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । म्याराथुनमा जन प्रतिनिधि, कर्मचारी, शिक्षक, समाज सेवी, विद्यार्थीलगायतले सहभागीता जनाएका थिए । पाच किलो मिटरको दुरी रहेको प्रतियोगितामा पुरुष तर्फ १७.८८ मिनेटमा दुरी पार गर्दै अमित दर्जी प्रथम, १८.०२ मिनेटमा दुरी पार गर्दै भुपेन्द्र राई द्धितिय, १८.८१ मिनेटमा दुरी पार गर्दै सन्देश खवास तृतिय, १९.०४ मिनेटमा दुरी पार गर्दै रविन राउत चौथो र २०.०३ मिनेटमा दुरी पार गर्दै तागेश आङ्गदाम्बे पाचौं भएका थिए ।
त्यसैगरी महिला तर्फ २१.२३ मिनेटमा दुरी पार गर्दै भवानी कामत प्रथम, २१.३१ मिनेटमा दुरी पार गर्दै सन्ध्या द्धितिय, २१.५० मिनेटमा दुरी पार गर्दै रितु मल्लीक तृतिय, २२.४८ मिनेटमा दुरी पार गर्दै सचिता तामाङ्ग चौथो र २४.३६ मिनेटमा दुरी पार गर्दै द्रिष्टी खड्का पाचौं भएकी थिईन् ।

सफल भएका धावकहरुलाई समापन कार्यक्रममा नगर सहित पुरस्कार वितरण गरीने आयोजक समितिकी सदस्य भुमिका सुब्बाले जानकारी दिनु भयो ।
महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथि नगर प्रमुख विमल आचार्य सहित उपप्रमुख मिना उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष नविन बरालको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव अनन्त वस्तीले गर्नु भएको थियो ।
जेष्ठ १५ गते देखि सञ्चालन भएको प्रतियोगिता जेष्ठ २३ गते समापन हुने छ ।
त्यसैगरी महिला तर्फ २१.२३ मिनेटमा दुरी पार गर्दै भवानी कामत प्रथम, २१.३१ मिनेटमा दुरी पार गर्दै सन्ध्या द्धितिय, २१.५० मिनेटमा दुरी पार गर्दै रितु मल्लीक तृतिय, २२.४८ मिनेटमा दुरी पार गर्दै सचिता तामाङ्ग चौथो र २४.३६ मिनेटमा दुरी पार गर्दै द्रिष्टी खड्का पाचौं भएका थिए । सफल भएका धावकहरुलाई समापन कार्यक्रममा नगर सहित पुरस्कार वितरण गरीने आयोजक समितिकी सदस्य भुमिका सुब्बाले जानकारी दिनु भयो ।
महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथि नगर प्रमुख विमल आचार्य सहित उपप्रमुख मिना उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष नविन बरालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुमनध्वज थापा र सञ्चालन सचिव अनन्त वस्तीले गर्नु भएको थियो । जेष्ठ १५ गते देखि सञ्चालन भएको प्रतियोगिता जेष्ठ २३ गते समापन हुने छ ।

