झापा, जेष्ठ २४ । कबड्डी पुरुषको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा झापा च्याम्पियन भएको छ । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा काँकरभिट्टामा आयोजित उक्त प्रतियोगितामा १३ जिल्लालाई पछि पार्दै उपाधि झापाले हात पारेको हो । गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेको छ । Read More…

