काठमाण्डौं, अषाढ १९ । २० औ अन्तर्राष्ट्रिय मिलो कप कराते प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहिबार साझ मलेसिया प्रस्थान गरेको छ ।
बानेश्वर हायासी कराते कभर्ड हलमा आयोजना भएको विदाई कार्यक्रममा संघका अध्यक्ष, प्रमुख प्रशिक्षक रामकृष्ण लामाले प्रतियोगितामा उच्च मनोवलका साथ अनुशासित भई सफता हासिल गर्न शुभकामना ब्यक्त गरेका थिए । साथै ट्राक सुट सहित खदा र अबिर पहिर्याएर खेलाडीलाई बिदाई गरेका थिए ।

कार्यक्रममा सितोरियो कराते महासंघका सह–अध्यक्ष दावा गुरुङ, करातेका राष्ट्रिय टिम प्रशिक्षक कुसल श्रेष्ठ, सिनियर प्रशिक्षक दिपक श्रेष्ठ, राम थारु लगायतले नेपाली टोलीलाई जितको सुभकामना ब्यक्त गरेका थिए ।
जुलाइ ५ देखि ७ तारिख सम्म मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने प्रतियोगितामा राजु सिवाकोटीले टिम व्यवस्थापकको जिम्मेवारी सम्हालेका छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी कर्न राईले सम्हालेका छन् । नेपालबाट निभिन्न चार तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । जसमा अभिषेक दवाडी ५० केजी तौल समुह, मनोज कोइराला ५५ केजी तौल समुह, रोजन खडका ६८ केजी तौल समुह र श्याम रोका मगर ७५ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् ।

