राजनीति स्वास्थ्य

विपि स्मृतिमा रक्तदान कार्यक्रम

झापा, श्रावण ६ । ३७ औं बिपि स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस मेचीनगर वडा नं. ७ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संविधान सभा सदस्य तथा नेपाली काँग्रेस महासमिति सदस्य उषा गुरुङको प्रमुख अतिथ्यता रहेको कार्यक्रमको उद्घाटन रक्तदान गर्दै नेपाली काँग्रेस मेचीनगर ७ का सभापति कञ्चन बरालले गरेका थिए । इटाभट्टा चोकमा सम्पन्न रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा मेचीनगर वडा नम्बर ७ का वडा अध्यक्ष चन्दन मेचे, नेपाली काँग्रेस झापा क्षेत्र नम्बर १ का सचिब हरि बुढाथोकी, सहसचिब रुपसागर अधिकारी, तरुण दल क्षेत्रिय सभापति अर्जुन राई लगायतको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस मेचीनगर ७ का सभापति कञ्चन बरालको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको उदघाटन सत्र सचिब पिताम्बर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.