अर्थ स्वास्थ्य

देउकुमारीलाई जुट्न थाल्यो सहयोग

झापा, श्रावण १७ । बनम्यारो रोगबाट पीडित मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय देउकुमारी धिमाललाई सहयोग जुट्न थालेको छ । दुधे निवासी लक्ष्मी खतिवडा दाहालकी ४ वर्षीय छोरी लोटस प्रि–स्कुल एण्ड चायल्स केयर सेन्टरमा कक्षा नर्सरीमा अध्ययनरत सानी नानी आशिका दाहालले आफ्नो चौथो जन्मदिनको अवसर पारेर सहयोग गरेकी छिन् । उनले आफु अध्ययनरत स्कुलमा एक कार्यक्रमको आयोजना गरी धिमाललाई उपचारका लागि नगद १० हजार ५ रुपया सहयोग गरेकी हुन ।
त्यस्तै सुनसरी धरान निवासी रजनी राईले पनि देउकुमारीको उपचारका लागि नगद १० हजार सहयोग गरेकी छिन् । सहयोगी मनहरुलाई श्रीमान् पूर्ण धिमालले धन्यवाद दिएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको धिमाल परिवारमा अहिले देउकुमारीलाई औषधी उपचार गर्न समस्या भई रहेको छ । मासिक कम्तिमा पनि ८० देखि ९० हजार खर्च भईरहेको र पूर्णरुपमा उपचार गर्न कम्तिमा ३० देखि ३५ लाख लाग्ने डाक्टरले बताएको धिमालले बताए ।
सबै सहयोगी मनकारी दाताहरुलाई देउकुमारीको उपचारमा सहयोग गरी पुर्नजीवन दिलाइदिन देश विदेशका सम्पूर्णमा परिवारजनले आग्रह गरेको छ ।
जीवनमरणको दोसादमा रहेकी देउकुमारीलाई उपचारमा सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले प्रभु बैकको खाता नम्बर ११६१०७०१३२४२०००००००१ मा सिधै सहयोग रकम जम्मा गर्न सक्ने श्रीमान् पूर्णले बताए । त्यसै गरी श्रीमान् पूर्ण धिमालको मोवाइल नम्बर ९८४२७५७९५३ मा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.