संघ \संस्था

झापामा रवि लामिछानेको समर्थनमा वृह्त ¥याली

झापा, भदौ १ । चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा वृह्त ¥याली तथा कोणसभा गरिएको छ । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् ।

स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published.