स्वास्थ्य

आज दर खाने दिन, दर खाँदा ध्यान दिनुस् यी कुरा

काठमाण्डौ, भाद्र १५ । आज नेपाली हिन्दू नारीहरुको चाँड तीज अन्तगरगतको दर खाने दिन हो । आज राति हिन्दू नारीहरुको घर–घरमा दर पाक्छ । आजकै दिन विवाह गरेर पतिको घरमा रहेका नारीहरु माइत पुगेर दर खाने चलन रहेको छ ।
तीजको दिन व्रत बस्ने महिलाहरुले आजा राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिन्छ । त्यही शक्ति पाउनका लागि पनि आज रात परेपछि दर खाने चलन रहेको छ ।
भोली व्रत बसेर नाचगान गर्दै तिज मनाउनको लागि आज राति दर खादा विषेश ध्यान पुर्‍याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ । त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकर दरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

तीजको दरमा के खाने ?
– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन,
–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,
–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,
–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,
–दरसँग अल्कोहल पीउनु हुँदैन ।

यस्ता कुराहरु ख्याल गरेर दर खाएमा तीजको दिन तपाई आरामसँग व्रत बस्न र नाचगाँन गर्न सक्नुहुन्छ । तर व्रत बस्दा र दर खादा दिर्घ रोगक बिरामीले विशेष ध्यान दिनुपर्छ । खबरहब

Leave a Reply

Your email address will not be published.