झापा, भाद्र २२ । तिब्र गतिका कारण अनियन्त्रित भई आईतबार दिउसो मेचीनगरको इट्टाभट्टामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा नौं जना घाइते भएका छन् ।
घाइते हुनेमा ५८ बर्षिय राधादेवि कार्की, ५६ बर्षिय कुल बहादुर कार्की, ६५ बर्षिय नवराज गौतम, ६५ बर्षिय आशा गौतम, ५८ बर्षिय गोमा पौडेल, ५५ बर्षिय अशोक तामाङ्ग, ५० बर्षिय कुमारी तामाङ्ग, ३५ बर्षिय रञ्जना राई र ३६ बर्षिय गोमा शेर्पा रहेका छन् । सो दुर्घटनामा घाइतेमध्ये ६ जनाको उपचार बिर्तामोडस्थित विएण्सडी अस्पतालमा भइरहेको छ भने ३ जनाको उपचार गर्न आफन्तले सिलिगुडी लगेका छन् ।
तिब्र गतिमा कुदाएका बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १ ख ६१६६ नम्बरको हिमशिखर यातायात अनियन्त्रित भई पल्टिएपछि नौ जना घाइते भएका हुन् । सडकमा सञ्चालित नयाँ बसहरु तिब्र गतिमा हुँइकिएका कारण दुर्घटना बढ्न थालेको छ ।

