झापा, भाद्र २२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपाल मेचीनगरले पाँचौं अधिवेशनको सन्दर्भ पारेर बृहत् लिम्बूवानी जनसभा गर्ने भएको छ ।
अधिवेशन आयोजक समितिले आइतबार चारआलीमा पत्रकार भेटघाट कार्यक्रम गरी अधिवेशनको अवसर पारेर यही भदौ २८ गते काँकरभिट्टामा जनसभा गर्न लागिएको बताएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मीनप्रसाद चौलागाईं, एक नम्बर क्षेत्रीय इञ्चार्ज लक्ष्मीप्रसाद मावो, अध्यक्ष लिलानाथ आङ्देम्बे, क्षेत्र ‘क’ इञ्चार्ज मानबहादुर मावो, ‘ख’ इञ्चार्ज अरुणा जवेगु, मेचीनगर अध्यक्ष विवेक साम्सोहाङ, सचिव मणिकुमार लिम्बूलगायत उपस्थित थिए ।

सभाको उद्घाटन सत्र हनुमान मन्दिर परिसर र बन्द सत्र काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा हुने जानकारी गराउँदै आयोजकले सभामा अरुण पूर्वका झापा, मोरङ, सुनसरी, इलामलगायत जिल्लाबाट करिब ३५ सय नेता, कार्यकर्ता तथा शुभचिन्तक सहभागी हुने दावी गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन९मिराक० ले उद्घाटन गर्ने सभाका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको अधिवेशन आयोजक समितिले जनाएको छ ।

