झापा, भाद्र ३१ । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व नजिकीए संगै सुरक्षा व्यावस्थामा उच्च सतर्कता अपनाएको जनाएको छ । नजिकै आइरहेको बडादशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २ सय ३५ प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार पत्रकार सम्मेलन गरी भय रहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन भन्ने उद्देश्यका ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाएको छ ।
प्रहरीले गाडी र मोटरसाइकलमार्फत २४ घण्टा गस्ती गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाउने बताएको छ । साथै चार्डबारमा हुने बित्रृmतीहरु जाड रक्सी सेवन गर्दै होहल्ला गर्ने, जुवा तास, डाईस खेल खेल्नेलगायतका गतिबिधिलाई निरुत्साहित पार्ने तथा कसैले अटेर गरे कानुनी दायरामा ल्याएर कार्वाही समेत गर्ने उपरीक्षक मैनालीले बताए ।

