झापा, असोज ३ । मेचीनगर अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श मावि ईटाभट्टाले जितेको छ । धुलावारी युथ नेटवर्कले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजना गरेको प्रतियोगितामा आदर्शले जीत हात पार्दै नगद ८ हजार रुपैयाँसहित प्रमाण पत्र चुम्यो ।
यसैगरी काँकरभिट्टा मावि दोस्रो तथा शहीद दशरथ चन्द मावि दुहागढी तेस्रो भए । उनिहरुले क्रमस ३ हजार १ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे। कविशिरोमणि मावि खुट्टीडाँगीले सान्तवना पुरस्कार नगद ५ सय जित्यो । कार्यक्रममा विजयी विद्यालयबाट सहभागि विद्यार्थीलाई शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लीलाप्रसाद भण्डारी, प्रतियोगिताका निर्णयक नमूना दाहाल, दीपकप्रसाद पोखरेललगायतले पुरस्कार प्रदान गरेका थिए ।
आयोजक धुलावारी युथ नेटवर्कका अध्यक्ष विशाल काफ्लेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, हिमालय मल्टिपल कलेज मेचीनगरका प्रमुख मिलनकुमार ढुंगानालगायतले मन्तब्य राखेका थिए ।

