खेलकुद

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाण्डौं, असोज १० । बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू १८ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै बंगलादेश अन्तिम दुईमा प्रवेश गरेको हो ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तन्बिन हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे । अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published.