काठमाण्डौं, कात्तिक १६ । महेन्द्रनगरबाट छुटेको यात्रुबस दुर्घटनामा परेको छ । डोटीमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
प्रहरीले दिएको जानकारी खनुसार दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा आज बिहान दुर्घटना हुँदा बाजुरा बारबिस–६ का नयाँ सेरेलाको ज्यान गएको डोटीका प्रहरी निरीक्षक कर्ण बोहोराले जानकारी दिए । घाइते ३४ जनाको डोटीकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

