
झापा, चैत ३० । साझा मनोरञ्जन संस्था मेचीनगरले नया बर्षको अवसर पारेर बुह्त सास्कृतिक साझ–२०७६ आयोजना गर्ने भएको छ ।
नेपालीहरुको नया बर्षको अवसर पारेर बैशाख १ गते आईतबार साझ ६ बजे मेचीनगर ८ स्थित आदर्श चोकमा बुह्त साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
स्थानिय कलाकारहरुको संम्बद्र्धन गर्ने उदेश्यले विगत बर्षहरु झै यस बर्ष पनि बुह्त साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बताए । कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा चर्चीत राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।
चर्चीत राष्ट्रिय कलाकार सचिन फुयाल, कमल रसाईली, बिशालदेव श्रेष्ठ, द डान्स टेम्पल धुलाबारीका कलाकारहरुको साथमा स्थानिय कलाकारहरु शिव बराईली, अञ्जली राई, रोशा फुयाल, मनिसा धमला, सुस्मिता तामाङ्ग, प्रेम लिम्बुलगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक साझा मनोरञ्जन संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए ।

