
काठमाण्डौ, चैत २९ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो संस्करणमा डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनलमा हेटौडाको विजय युथ क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै डाँगीहाट प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
डाँगीहाटक्लब लाई विजयी बनाउन हेमन्त थापा मगर, पुजन उपरकोटी, बिक्रम लिम्बु र अर्मान भिदुमले गोल गरेका थिए । विजय युथका तर्फबाट सुनिल बल, हमिद र टेम्पीले गोल गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने डाँगीहाटका संजोग राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
विजेता टिम ले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
अब डाँगीहाटले उपाधिका लागि युनाइटेड दार्जिलिङ र हिमालयन शेर्पाबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छ ।

