काठमाडौ, कात्तिक २९ । मन्त्रीहरू हेरफेरको विषयले अहिले निकै चर्चा पाईरहेको छ । यस बिषयलाई निकास दिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपाले) आज शुक्रबार बैठक बसी निर्णय लिने भएको छ । नेकपा उच्च स्रोतको अनुसार आज अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको बैठकले मन्त्री हेरफेरबारे निर्णय लिन लागेको हो ।
स्रोतको अनुसार आधा दर्जन मन्त्रीहरू हेरफेर हुनेछन् । सचिवालयको निर्णयपश्चात सपथग्रहणको टुंगो लाग्नेछ । प्रधानमन्त्री ओलीले लामो समयदेखि मन्त्रीहरू हेरफेरको तयारी गरेपनि विभिन्न कारणले ढिलाइ हुँदै आएको थियो । मन्त्रीको लागि दुई दर्जन आकांक्षी भएपनि ६ देखि ८ जना नयाँ अनुहार आउने स्रोतको भनाइ छ ।

