विश्व

क्यानडाको मन्‍त्रीमण्डलमा हिन्‍दू महिला

काठमाडौं, मंसिर ८ । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा पहिलो पटक हिन्दू महिलाको इन्ट्री भएको छ।

नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी हिन्दू महिला अनिता इन्दिरा आनन्द पनि मन्त्री भएकी छिन्। सम्भवतः क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने उनी पहिलो मन्त्री भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आफूले विविधतालाई महत्व दिएर हिन्दू महिलालाई पनि अवसर प्रदान गरेको प्रधानमन्त्री जस्टिनले प्रतिक्रिया दिएका छन्। क्यानडामा भारतीय मूलका अरु तीन नेता पनि मन्त्री बनिसकेका छन्।

आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन्। नयाँ मन्त्रिपरिषद्मा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको हो।

कानून विषयको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टोले एक विश्वविद्यालयमा पढाउँदै आएकी थिइन्। आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन्। उनकी आमा सरोज राम भारतको अमृतसरकी हुन भने बावु एसभी आनन्द तामिलनाडुका हुन्।

Leave a Reply

Your email address will not be published.