संघ \संस्था

मेचीनगर लेडी जेसीजलाई उत्कृष्ट जेसीज अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड मेचीनगर लेडी जेसीजले प्राप्त गरेको छ । बुधवार सार्वजनिक गरेको नतिजा अनुसार क्षेत्र क अन्तगर्त शाखाहरुको जुलाइ महिनाको अवार्ड मेचीनगर लेडी जेसीजले प्राप्त गरेको हो । शाखाले एक महिनामा गर्ने कार्य सम्पादनको आधारमा नेपाल जेसीजले हरेक क्षेत्रका एक एक वटा शाखालाई अवार्ड प्रदान गर्ने गरेको छ । जस अन्तर्गत यो महिना मेचीनगर लेडी जेसीजले प्राप्त गरेको हो । यो शाखाले २०१७ देखि हरेक महिना प्राप्त गर्दै आएको थियो । जस अन्तर्गत यो वर्ष पनि त्यसलाई निरन्तरता दिँदै अवार्ड प्राप्त गर्न सफल भएको छ । अवार्ड प्राप्त पछि शाखाकी २०२२ की अध्यक्ष सिता पुरीले यो सफलता प्राप्त गर्न साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नेपाल जेसीजलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले शाखाले गरेको कार्यको उचित मुल्याकंन गरेको बताउनु भयो ।