बाहुण्डाँगी । बस्तीपुर जेसीज हाँडीखोला नेपाल जेसीजबाट क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार बस्तीपुर जेसीजलाई जुलाई महिनाको ‘जेसिज अफ द मन्थ’ बाट सम्मानित गरिएको हो । जेसीजको क्षेत्र ‘ख’ अन्तर्गत रहेको ३९ वटा शाखाहरू मध्येबाट बस्तीपुर जेसीज उत्कृष्ट छनौट भएको हो ।
शाखाले एक महिनामा गरेको कार्यको मूल्यांकन गर्दै क्षेत्रगत रुपमा अवार्ड प्रदान गर्ने गरिएको छ । जेसीजले क्षेत्र ‘ख’ अन्तर्गत रहेर जुलाई महिनामा बिभिन्न पाँच वटा उत्कृष्ट कार्य गरेको गरेको थियो ।
अवार्ड प्राप्त गर्दा आफू अत्यन्तै खुसी भएको भन्दै शाखा अध्यक्ष रमेश उप्रेतीले नेपाल जेसिजका अध्यक्षलगायत पदाधिकारी, जेसीजका संस्थापक अध्यक्ष, निबर्तमान अध्यक्ष बोर्ड सदस्य र अध्यक्ष सल्लाहकारलगायत सबैप्रति आभारी रहेको बताएका छन् ।

