बाहुण्डाँगी । नेपाल जेसीजको आयोजना तथा सुरुंगा जेसीजको आतिथ्यतामा चार दिने ‘टट’ ट्रेनिङ बुधवारबाट सुरुंगाान सुरु भएको छ ।
देशभरबाट ५१ जना जेसीज सदस्यहरु सहभागि भएको तालिमको प्रमुख प्रशिक्षकमा सिनेटर तिर्थराज पौडेल, प्रशिक्षकहरुमा सेवक बजगाई र मोहन श्रेष्ठ रहुन भएको छ । लामो समय तालिमको क्षेत्रमा अनुभव संगाल्नु भएका पौडेल त्रिभूवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष हुन भने बजगाई विराटनगर जेसीज र श्रेष्ठ धरान जेसीजका पूर्व अध्यक्ष हुन् । तालिमको उद्घाटन कनकाई नगरपालिकाका नगरप्रमुख राजेनद्र पोखरेलले गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख पोखरेलले आफु जेसीज सदस्य समेत भएकोले सुरुंगा जेसीजको आतिथ्यतामा हुदै गरेको यस भव्य कार्यक्रमलाई नगरप्रमुखको हैसियतले तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । शाखाका मानार्थ सदस्य समेत रहनु भएका पोखरेलले यस नगरीबाट सिकेका राम्रा कुराहरुलाई आफ््नो जीवनमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नु भयो ।

शाखाकी अध्यक्ष सुष्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रेनिङ अफ ट्रेनर (टट) ट्रेनिङ उद्घाटन सत्रमा ट्रेनिङ तयारी संयोजक तथा सुरुंगा जेसीज का पूर्व अध्यक्ष एलपी उप्रेती, नेपाल जेसीज का तालिम आयुक्त मोहन ढुंगाना, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईँ, नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह सावा, नेपाल जेसीज महासचिव कृष्ण सापकोटा, कार्यकारी उपाध्यक्ष हरु अनिलबहादुर साही, दिपेन्द्र निरौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु कुमारमणी पोखरेल, शिव कडेँल, जविन तिम्सिना, कमल कट्टेल, उषा उप्रेती, त्रिलोचन उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

सन् २००८ मा स्थापना भएको सुरुंगा जेसीज ले यस अघी सन् २०१३ मा पनि राष्ट्रिय स्तरको टट ट्रेनिङ सम्पन्न गरेको थियो । त्यस पछि सन् २०१८ मा क्षेत्र (क) सम्मेलन गरेर नेपाल जेसीजमा आफ्नो छवीलाई स्थापित गराएको थियो ।
टट मोडेलको उद्देश्य मास्टर प्रशिक्षकहरूलाई संलग्न गराउने हो । नयाँ प्रशिक्षकहरूलाई कोचिङमा जुन विशेष विषयमा कम अनुभवी कौशल वा समग्र प्रशिक्षण सँग टट कार्यशालाले सक्षमहरूको पोखरी निर्माण गर्न सक्छ । त्यसपछि अन्य मानिसहरूलाई सामग्री सिकाउन सक्ने प्रशिक्षकहरू तयार पार्छ ।
तालिम उद्घाटन समारोहमा सुरुंगा जेसीजका तालिम संयोजक तथा टटका संयोजक रिसव सिंह चाहारले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत कार्यकारी उपाध्यक्ष दिपेन्द्र प्रधान । सञ्चालन महासचिव राजु पाठकले गर्नु भएको थियो ।
तालिम २१ गतेसम्म सञ्चालन हुनेछ ।

