स्वास्थ्य

मेडिसिटी अस्पतालका डाक्टर बलात्कार आरोपमा समातिए

काठमाडौं, मंसिर १० । उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका चिकित्सक राहित कुमार झा पक्राउ परेका छन् । सो अस्पताल गैरआवासीय नेपाली उपेन्द्र महतोको लगानीको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झालाई सोमबार अपरान्ह अस्पतालबाटै समातेको हो । झाले आइतबार नियमित स्वास्थ्य जाँचमा आएकी एक युवतीमाथि अस्पतालकै कोठामा बलात्कार प्रयास गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.