नविन आचार्य
काठमाडौँ, मंसिर १४ । नेपाल जेसीज २०२० का लागि नयाँ नेतृत्व परिवर्तनका दिनगन्ती सुरु भएका छन् ।
रत्ननगर जेसीजको आयोजनामा हुने जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशन आउन करिब २०/२५ दिन बाँकी रहँदा नयाँ नेतृत्वका लागि जेसीज नेताहरुले दौडधुपलाई तीब्रता बनाएका छन् । एक वर्षकोे कार्यकाल रहने यस संस्थाको आगामी पुष ९ गतेदेखि राष्ट्रिय महाधिवेशन हुँदैछ । जुन महाधिवेशनका लागि १ जना अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । तर, निर्वाचनमा ३ जना उम्मेदवारबिच भने अत्यन्तै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि पूर्वबाट पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकर, बिसहजार जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल र काभ्रे जेसीजका पूर्व अध्यक्ष विकास मानन्धरबिच अत्यन्तै कडा प्रतिस्पर्धा हुने देखिएको छ । साथै तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष बिनोद सुवेदी पनि अध्यक्षका लागि मैदानमा रहेका छन् । तर सुवेदीले भने आफ्नो प्रचारलाई खासै प्रमुखतामा राखेका छैनन् । जुन अन्य ३ जना अध्यक्षका उम्मेदवारहरुले गरेका छन् ।
शंकर, खनाल र मानन्धरले भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न शाखाहरुमा पुगेर आफ्ना आगामी योजनासहित आफ्नो प्रमोशन गरिरहेका छन् । अध्यक्षका प्रत्यासी अशोक शंकरले देशका १ सय ५० वटै शाखामा पुगेर प्रमोशन गरी सकेका छन् । अरुणेश्वर खनाल काठमाडौँको सेरोफेरोमा रहेका शाखाहरुमा छन् भने विकास मानन्धर पश्चिम नेपालमा छन् ।
अध्यक्षका प्रत्यासी शंकरले जेसीआईसँग जेसीआई नेपाललाई जोड्न पुलको माध्यम बन्ने, युवाहरुलाई नयाँ शिराबाट उद्यमशीलतामा अघि बढाउने, हरेक युवाहरुलाई जेसीआईसँग कनेक्ट गर्न प्रोत्साहन गर्ने र व्यवसायिक क्षेत्रमा अघि बढ्दै सामाजिक अभियान्ताका रुपमा हरेक युवाहरुलाई लिएर अघि बढ्ने योजनाका साथ चुनावी मैदानमा छन् ।
यसैगरी, अर्का प्रत्यासी खनालले जेसीज तालिमको विश्वविद्यालय भएकाले तालिमलाई प्राथमिकतामा राखेर जेसीजका ४ वटै एरियामा तालिम सञ्चालन गर्ने र शाखाहरुको बृत्तिविकासमा लाग्ने योजना सारेका छन् ।
अर्का प्रत्यासी मानन्धरले जेसीज युवाहरुलाई तालिमका माध्यमबाट सामाजिक क्षेत्रमा अघि बढाउँदै हरेक शाखाहरुलाई एकै साथ लिएर हिड्ने योजना बनाएका छन् । उनले जेसीज युवाहरुको विकास नभइ शाखाको विकास नहुने कुरा समेत आफ्नो योजनामा राखेका छन् ।
देशभरी रहेका हरेक शाखामा पुगेर आफ्नो प्रमोशन गर्ने क्रममा आफुले अघि सारेका योजनाहरुलाई पालना गर्ने अध्यक्षका प्रत्यासी शंकरले बताउनु भयो । ‘हामीलाई अत्यन्तै धेरै हौषला बढेको छ’ प्रमोशनका क्रममा वालिङ आइ पुग्नु भएका अध्यक्ष पदका दर्विलो उम्मेदवारका रुपमा रहनु भएका शंकरले भन्नु भयो–‘शाखाहरुले हामीप्रति गर्नु भएको सदभाव, माया अनि उहाँहरुको सुझावले थप उत्साहित बनाएका छ । हामीले उहाँहरुलाई एक दिन अघि दिएको समयमा एक मिनेट पनि ढिला नगरी १ सय ४५ वटा शाखामा पुग्दै गर्दा त्यो नै एउटा विश्वास गर्ने एउटा आधार बनिसकेको थियो । अब हामीले समयलाई व्यवस्थापन गर्न सकेनौ भने पछि परिन्छ भनेर अबका दिनमा समयलाई व्यवस्थापन गर्नु पर्छ भन्ने मेरो एउटा योजनाको सुरुवात पुरा भएको छ । अब हामीले हरेक काममा समयको व्यवस्थापन गर्नुपर्छ ।’
नेपाल जेसीजको २०१४ मा राष्ट्रिय उपाध्यक्ष रहनु भएका शंकर २०१८ मा राष्ट्रिय कार्यकारीणी पदमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नु भएको थियो । क्षेत्र घ को निरुपित कार्यकारीणी उपाध्यक्ष भएर काम गरेका शंकरले २०१८ मा नेपाल जेसीजको बोर्डमा व्यक्तिगत क्षेत्रको जिम्मा पाएका थिए । जुन उनका लागि चुनौती र अवसर दुवै थियो । त्यो चुनौतीलाई पुरा गर्दै नेपाल जेसीजका हरेक कार्यक्रमहरुलाई समयको व्यवस्थापनसहित उत्कृष्ट रुपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जुन कामको प्रशंसा अहिले पनि हुने गरेको छ् ।
यवसायिक क्षेत्रमा समेत छोटो समयमा अब्बल व्यवसायि सावित बनेका शंकर जेसीज अभियानताहरुका लागि एउटा उदाहरण पात्र हुन् । जसले जेसीजमै लागेर आफुलाई परिवर्तन गराउन सफल भए । यसैलाई आधार मान्दै अबका युवाहरुलाई सहि मार्गमा डोहोर्याएर परिवर्तन गर्नु पर्ने उनको योजना छ । दुई चरण गरेर देशदौडामा निस्किएका शंकरले पहिलो चरणमा आन्तरिक सल्लाह र दोस्रो चरणमा प्रमोशन गरेका छन् ।
नेपाल जेसीजलाई नयाँ चिराबाट अघि बढाउनका लागि नयाँ योजनाका साथ अघि बढेका शंकरको पक्षमा देशभरका शाखाहरु छन् । जेसीजको वास्तविक भिजन र मिसनका बारेमा वकलत गर्र्दै शाखामा पुग्दै गर्दा नयाँ सदस्यका रुपमा जेसीज अभियानमा होमिएका युवालाई मात्र होइन लामो सयम यसैमा व्यतित गरेका युवालाई समेत हौषलाका माध्यम बने शंकर । जसले शाखाका माध्यबाट जेसीआईसम्म पुग्ने स्पष्ट मार्ग देखाउँदै यसका आधारहरुको बारेमा व्याख्या गरेका छन् । शंकरका लागि मत दिने मात्र होइन विभिन्न शाखाहरुमा अशोक शंकर जिताउ अभियानको अभियान्ता नै बनेर लागेका छन् ।
भिजन त्यहि मिसन त्यहि तर, काम गर्ने शैली शंकरको फरक छ । यसैले पनि उनका समर्थक र जेसीज अभियान्ताहरु उनका पक्षमा छन् ।

