स्वास्थ्य

के तपाईको जाडोमा हात खुट्टा सुन्निने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय

काठमाडौं, मंसिर, १४ । जाडो मौसम सुरुभए संगै आमा दिदिबहिनीहरुको प्राय हात खुट्टा र औलाहरु सुन्निने गर्दछ । तर पल्लिो समय पुरुषहरुमा पनि यस्ता समस्याहरु देखा पर्दै गएको छ ।

सामान्य सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन। तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका तत्वको कमीले गर्दा शरीर सुन्निने समस्या देखा पर्छ।

बिशेषत जाडो मौसममा यो समस्या देखिनाको प्रमुख कारण रक्तावाहिनी नली संकुचित हुनु हो । जाडो मौसममा स्वासप्रश्वासमा समस्या देखिनाले रक्त वाहिनी नली संकुचित हुन्छ जसले गर्दा शरीरको विभिन्न स्थानमा अक्सिजन आपूर्ति कम हुन्छ । रक्तसंचारमा प्रभाव परेको कारणले जाडो महिनामा हात खुट्टा सुन्निने समस्या बढी हुन्छ।

समाधानका उपायहरु

मसाज गर्ने
प्रभावित स्थानमा रक्तसंचार बढाउनका लागि तातो पानीले सेक्ने गर्नुपर्छ जसले मांसपेशीमा आराम पुग्छ । यदि हात खुट्टा सुनिएको छ भने प्रभावित ठाउँमा मनतातो तेलले हल्कासंग मसाज गर्ने । जसले रक्तसंचार बढ्नाका साथै अक्सिजन सप्लाईमा सहयोग पुर्याउछ।

भिटामिनयुक्त आहारको सेवन गर्ने
हात खुट्टामा भएको झन्झटाहटबाट मुक्ति पाउनका लागि डाइटमा भिटामिन बि , बि ६ र बि १२ समावेश गर्नु आवश्यक छ । यसका अलावा ओटमिल, दूध, पनीर, दही, मेवा आदिलाई पनि आहारको हिस्सा बनाउन सकिन्छ।

बेसारको प्रयोग
बेसारमा रक्तसंचार बढाउने बिशेष तत्व पाइन्छ । साथै यो दुखाई कम गर्नमा पनि प्रभावकारी छ । पानी र बेसारको पेस्ट बनाई प्रभावित स्थानमा लगाउनाले यसको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

धुम्रपान नगर्ने
हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि सकेसम्म चिसोबाट बच्नुपर्ने हुन्छ। अचानक हात खुट्टा सुन्निन थालेको छ भने तुरुन्तै रगडेर रक्त प्रवाह गर्नुपर्छ । यसका अलावा धुम्रपानबाट पनि बच्नुपर्ने हुन्छ किनकि यसले पेरिफेरल आर्टरी डिसीज हुने खतरा बढी हुन्छ र रक्तसंचार राम्रोसंग हुन पाउदैन ।

Leave a Reply

Your email address will not be published.