झापा, मंसिर १४ । हिमालय टेलिभिजनबाट सञ्चालन हुदै आएको रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन टु को फाइनलमा झापाका विकास लिम्बु र राम लिम्बु पुगेका छन् ।
शुक्रबार राती भएको सेमीफाईनलमा सफल हुदै टप फोरमा छनोट हुँदै टिम दिप बाट विकास र टिम प्रमोद बाट राम फाईनल राउण्ड प्रवेश गरेका हुन । उनिहरु संगै द भ्वाइस अफ नेपालको फाइनलमा पुग्न सफल भएका छन् सनिष श्रेष्ठ र आरिफ रौफ । अब यी चारजना बिच उपाधिका लागि कडा प्रतिष्पर्धी हुने छ ।
आगामी शुक्रबार हुने ग्राण्ड फिनालेमार्फत् यीमध्ये एकजना चुनिने छन् द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि बिजेत ।

