अर्थ

२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं, मंसिर १४ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जोशीलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाट शुक्रबार नियन्त्रण अख्तियारले नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published.