काठमाडौं, मंसिर १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकड क्षेत्र मानिने रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को उपचुनावमा न्यून मत खसेको छ ।
पछिल्लो जानकारीअनुसार थवाङ नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेको मतदान केन्द्रमा २ मत मात्र खसेको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनकबहादुर बुढा र नेपाली कांग्रेसबाट कलमबहादुर रोका प्रतिस्पर्धामा छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका विप्लवका नेता भद्रबहादुर झाँक्रीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । यसअघि थवाङमा विप्लव नेतृत्वको नेकपाका नेता फर्कबहादुर बुढासहितको प्यानल स्वतन्त्रबाट निर्वाचित भएको थियो ।

