विविध

दुई युवाले पैदल यात्रा गर्ने

झापा, मंसिर १६ । झापाका दुईजना युवाले महाकाली–मेची पैदल यात्रा गर्ने भएका छन् ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष–२०२० को प्रचार–प्रसारका लागि काँकरभिट्टाका सुरेश उप्रेती र दमकका खगेन्द्र निरौलाले पैदल यात्रा गर्न लागेका हुन् ।

यही मंसिर २० गतेदेखि सुदूरपश्चिमको महाकालीबाट पूर्वतर्फ पैदल यात्रा सुरु गर्न लागिएको निरौलाले जानकारी दिए ।

एक महिनामा काँकरभिट्टा आइपुग्ने योजनासहित पैदल यात्रा सुरु गरिने उनीहरुको भनाई छ । उप्रेतीले भने–‘नेपालका विभिन्न स्थानको प्रचार गरी भ्रमण वर्षलाइ सफल पार्नु नै हाम्रो उद्देश्य हो ।’

आगामी जनवरी १ तारिखका दिन काँकरभिट्टा आइपुगेर भ्रमण वर्षको सुरुवात भएको सन्देश दिनेगरी समय तालिका मिलाइएको उनीहरुले बताए ।

भ्रमणको खर्च व्यक्तिगत रुपमा दुवै युवाले व्यहोर्ने र त्यसक्रममा विभिन्न स्थानका सामाजिक अगुवा र सञ्चारकर्मीसँग भेटघाट गर्ने योजना रहेको उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published.