काठमाडौँ, मंसिर १८ । नेपाल प्रहरीका एक डीएसपीको चोरी तथा लुटपाटदेखि समीरमान बस्नेतसम्मको कनेक्सन देखिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ। डीएसपी कुमोद ढुंगेलको चोरी तथा लुटपाटदेखि समीरमान बस्नेतसम्मको कनेक्सन देखिएपछि जिल्ला अदालत काठमाडौले पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेष्तेदारले बताए।
गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो । प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए ।
हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक९पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ । गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो ।

