अर्थ संघ \संस्था

७ हजार घुससहित असई दाहाल पक्राउ

विराटनगर, मंसिर १८ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलिले बुधबार बेलुकी विराटनगर ६ घाँस चोकबाट ७ हजार घुस रकम सहित दाहाललाई पक्राउ गरेको हो । असई दाहाल विराटनगरको सिआरभी पोष्ट केशलिया मार्गमा कार्यरत थिए ।

भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग असाइ दाहालले घुस रकम लिने क्रममा अख्तियारले नियन्त्रणमा लिइएको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिएका छन् ।

इलमाबाट सरूवा भएर दुई महिना अगाडी मोरङ प्रहरी कार्यालयमा दाहाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published.