काठमाडौं, पुष २७ । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो नलगाएका कारण बैठक बस्ने नबस्ने अन्यौल छ । बैठकको सम्भावित कार्यसूची समेत तय गरिएको छैन् ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो । तर, उनको राजीनामा आइसकेको छैन । शिवमायाले आफू सभामुखका लागि सक्षम भएको बताउँदै आएकी छिन् ।
सचिवालयले सभामुखमा कसलाई उठाउने भन्नेबारे भने निर्णय गर्न सकेन । सभामुख टुंगो नलाग्दा र उपसभामुखको राजीनामा पनि नआएका कारण आजको बैठक अन्योलमा परेको हो ।
गत १५ पुस १५ का लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

