नरेन इलामेली
इलाम, पुष २९ । इलामको सूर्योदय नगरपालिका ७ गोगनेका विमल घलेको हत्यामा संलग्न दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका ७ घले टोलका २८ बर्षिय सुमन घले र भारत विजनबारीका २९ बर्षिय विजय घले रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
जिल्लाको सूर्योदय नगरपालिका ७ गोगनेका यामबहादुर घलेका २९ बर्षिय छोरा विमलको शव सोमबार विहान घर नजिकैको खोल्सामा फेला परेको थियो । शवमा निलडाम र चोट देखिए पछि घटना शंकाष्पद रहेकोले प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत इलामबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

