कला

१ नं. प्रदेशमा भोली सार्वजनिक बिदा

विराटनगर, पुष २९ । १ नं. प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा १ नं. प्रदेशमा सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले सूचना प्रकाशन गरि माघ १ गते १ नं. प्रदेशमा सार्वजनिक बिदा भएको जानकारी दिएको छ ।

“माघ १ गते बुधबार (भोली) १ नं. प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन् । “सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक बिदा पाउने छन् ।” प्रदेशवासी सबैको सहजताका लागि आज सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.