खेलकुद

आयोजक विजयी

झापा, माघ ५ । झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा हिजाेबाट शुरु भएको प्रथम महिला टि-२० ट्राई सिरिज अन्तर्गतको दाेस्राे खेलमा पनि आयोजक मिलन क्रिकेट क्लब विजयी भएको छ।

मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आज भएको खेलमा धुलाबारी क्रीकेट क्लब लाई १३५ रनले पराजित गर्दै मिलन क्रिकेट क्लबले लगातार दोस्रो जित निकाल्दै फाइनल अगावै सिरिजकाे दावेदार बनेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रीकेट क्लबले निर्धारित २० ओभरमा १७८ रन बनाएको थियोे । जसका लागि अप्सरी बेगम १२० र लकिता राजवंशीले ३० रन बनाएकि थिइन् । जवाफि ब्याटिङमा १७९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको धुलाबारी क्रीकेट क्लबले १४.५ ओभरमा ४३ रन बनाउँदै अलआउट हुन पुगेपछि मिलन क्रिकेट क्लबले फराकिलो जित दर्ता गरेको हो। आजको खेलको म्यान अफदि म्याच विजेता टिमको तर्फबाट १२० रन बनाएकि अप्सरी बेगम घोषित भइन् ।

हिजो भएको उद्घाटन खेलमा पनि आयोजक मिलन क्रिकेट क्लबले धुलाबारी क्रिकेट क्लबलाई ११७ रनले पराजित गरेको थियो । सिरिज अन्तर्गतको फाइनल खेल ७ गते हुने आयोजक क्लबका अध्यक्ष विरु श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *