नरेन इलामेली
इलाम, माघ १७ । भरुवा बन्दुक सहित प्रहरीले इलामबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको माङसेबुङ्ग गाउँपालिका ३ का २२ बर्षिय विशाल राई र सोही स्थानमा ४१ बर्षिय शिवकुमार राई रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको माङसेबुङ्ग वडा नं ३ क्षेत्रमा हतियारधारी मानिसहरुको गतिविधी रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मंगलबारेको संयुक्त टोलीले सो क्षेत्रमा खोजतलास गर्ने क्रममा उनीहरुलाई शुक्रबार करिब ३ बजेतिर प्रहरलिे पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक र सोमा प्रयोग हुने बारुद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

