झापा, माघ २३ । कृष्ण थुम्की विकास समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
मेचीनगर–१ स्थित कृष्ण थुम्की मन्दिर परिसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका अन्तर्राष्ट्रिय प्रवक्ता राजु घलेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निर्वाचन समिति संयोजक पासाङ तामाङले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हिम्मत क्षेत्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
संयोजक तामाङले सर्वसम्मत निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरे भने निवर्तमान अध्यक्ष महेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष क्षेत्रीलाई पद हस्तान्तरण गरे ।
नवनिर्वाचित उक्त समितिको वरिष्ठ उपाध्यक्षमा किशोरकुमार दुलाल, उपाध्यक्षमा सुनबहादुर तामाङ, सचिवमा गौरीशंकर आचार्य, सहसचिवमा एकबहादुर घिमिरे र कोषाध्यक्षमा पूर्णिमा कट्टेल छन् ।
१२ सदस्यीय सो समितिको सदस्यहरुमा मोणिका राई, गुञ्जलाल राई, प्रेम आचार्य, गीता थापा, टेकबहादुर देवान र दीपेन्द्र बुढाथोकी रहेका छन् ।
सो अवसरमा प्रमुख अतिथि घलेले सहभागीहरुलाई स्वपरिवर्तन सम्बन्धी आर्शिवचन प्रवचन दिए भने विशिष्ट अतिथि वृन्दावन गुरुकुलका संरक्षक गुरु आनन्दजी महाराजले धार्मिक वाणी सुनाए ।
त्यसक्रममा नेपाली काँग्रेस नगर सभापति इन्द्रबहादुर बुढाथोकी, धुलाबारी क्याम्पस प्रमुख पुष्पराज पौडेल, साहित्यकार केशवराज खनाल र काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष हर्क फ्याकको आतिथ्यता थियो ।
त्यस्तै, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विर्तामोडकी पूर्णिमा दिदी, युवा नेता कृष्ण सुवेदी, नेकपा मेचीनगर १ का अध्यक्ष सुरेन्द्र खड्का, नेपाली काँग्रेस वडा सभापति हेमलाल गुरागाईं, राप्रपा वडा अध्यक्ष सूर्य राईलगायतको उपस्थिति थियो ।
निर्वाचन समिति संयोजक एवं मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत समितिका निवर्तमान अध्यक्ष तथा निर्वाचन समिति सदस्य महेन्द्र मल्ल र सञ्चालन वडा कार्यालयका सचिव युवराज पोखरेलले गरेका थिए ।

