खेलकुद

बुढासुब्बा गोल्डकप:ज्येष्ठ नागरिकलाई सम्मान गर्दै प्रवेश निःशुल्क

धरान, फागुन ९ । २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप शनिवार (भोली)बाट शुरु हुदैछ । अायोजकले गोल्डकपको २२ औं संस्करण देखि ज्येष्ठ नागरिकहरुलाई प्रवेश निःशुल्क गर्ने भएको हो ।

आयोजक धरान फुटबल क्लबले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै खेलप्रति ज्येष्ठ नागरिकहरुलाई पनि आकर्षित गर्न प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरेको जनाएको छ । क्लबका अध्यक्ष किसोर राईका अनुसार महिलातर्फ ६५ बर्ष र पुरुषतर्फ ७० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई खेल हेर्न प्रवेश निःशुल्क गरिनेछ ।

Leave a Reply

Your email address will not be published.