खेलकुद

नेपालद्वारा अमेरिका ३५ रनले पराजित

काठमाडौं, माघ २५ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग २ अन्तर्गत शनिवार सम्पन्न खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । जितसंगै नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित समेत हो । नेपालले जितपछि २ अंक Read More…

कला समाचार

भोलि सार्वजनिक बिदा

झापा, माघ २५ । झापाका तीनवटा स्थानीय तहले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । महाभारतकालीन किंवदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका साथै कचनकवल र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन । प्रत्येक वर्ष माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रत समाप्तिका दिन धार्मिक परम्पराअनुसार भद्रपुर २ Read More…

खेलकुद

दोस्रो मेचीनगर खेलकुद महोत्सव फागुन अन्तिमदेखि

झापा, माघ २५ । मेचीनगर नगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत बजेट अन्तर्गत नगर खेलकुद महोत्सव फागुन २९ गते देखी चैत्र ३ गते सम्म सञ्चालन हुने भएको हो । दोस्रो नगर खेलकुद महोत्सवमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता, नगरस्तरीय खुला कराते Read More…

शिक्षा

माउण्ट पोईन्टको ११ औं वार्षिकोत्सव

झापा, माघ २४ । मेचीनगर १३ स्थित माउण्ट पोइन्ट इङलिस स्कुलको को ११ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामनाथ बरालको सभापतित्व तथा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरुले सामूहिक तथा एकल नृत्य तथा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले Read More…

संघ \संस्था

राजवंशी समाजको छैटौं नगर अधिवेशन सम्पन्न

झापा, माघ २४ । राजवंशी समाज विकास समिति मेचीनगरको छैटौं नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ । मेचीनगर १० स्थित धुलाबारीको कोलोनीमा सम्पन्न अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आफ्नो जातिय पहिचान, संस्कार र संस्कृतिको संरक्षणमा समुदाय स्वयम् जुटनुपर्ने बताए । उनले पछिल्लोसमय जातिय भाषा, संस्कार र Read More…

संघ \संस्था

एशियन ग्रामिण पर्यटन महोत्सवको तयारी पुरा

झापा, माघ २४ । मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा सञ्चालन हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अायोजकले जनाएको छ । माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यतालिका रहेको पनि शुक्रवार महोत्सव सम्बन्धी जानकारी दिन अायोजित पत्रकार सम्मेलनमा महोत्सव मुल Read More…

संघ \संस्था

बाल सहभागिता विषयक २ दिने प्रशिक्षण तालिम सुरु

झापा, माघ २४ । बाल जागरण मञ्च नेपालको आयोजनामा बाल सहभागिता विषयक २ दिने प्रशिक्षण कार्यक्रम आज शुक्राबार देखी सुरु भएको छ । मेचीनगर नगरपालिका वडा नं १० को आर्थिक सहयोगमा बालबालिको सहभागितालाई प्रभावकारी बनाउन तालिमको आयोजना गरीएको हो । बालजागरण मञ्चका अध्यक्ष मनिकुमार लिम्बुको अध्यक्षतामा तथा मेचीनगर नगरपालिका वडा नं. १० का वडा सदस्य Read More…

समाचार

चारपाने घटना; हत्या गरी जलाउने दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

झापा, माघ २४ । झापाको बिर्तामोडमा भएको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड–२ स्थित चारपानेमा हत्या गरी जलाएको अवस्थामा फेला परेका सुवान शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । भारतको अररिया घर भई १० वर्षदेखि चारपानेमा बस्दै आएका ४० वर्षीया शेखको हत्या बिर्तामोड २ कै २० वर्षीय करन चौधरी र Read More…

संघ \संस्था

मेचीनगर ५ मा ड्राईभिङ सम्बन्धी तालिम सुरु

झापा, माघ २३ । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले मेचीनगर ५ मा बिहीबारदेखि ड्राईभिङ सम्बन्धी १ महिने तालिम सुरु भएको छ । मेचीनगर ५ नम्बर वडा कार्यालयले आयोजना गरेको सो तालिममा वडाका विभिन्न टोल विकास संस्थाबाट ३० जना युवाहरुले सहभागिता जनाएका छन् । सहभागीहरुलाई आरती मोटर ड्राईभिङ सेन्टरका प्रोपाईटर देवेन्द्र कोइरालाले प्रशिक्षण दिनेछन् । मेचीनगर वडा Read More…

संघ \संस्था

मेचीनगरमा सूचनाको हक समिति

झापा, माघ २३ । सूचनाको हकका लागि राष्ट्रिय संजाल विस्तारको क्रममा विहीवार मेचीनगर स्तरीय समिति गठन गरिएको छ । सूचनाको हककी अभियन्ता इश्वरा तिवारीको उपस्थितिमा मेचीनगरको इटाभट्टामा आयोजित एक छलफलले छलवहादुर (सीवी) सारु मगरको संयोजकत्वमा मेचीनगर स्तरीय प्रारम्भिक समिति चयन गरेको हो । जसका सदस्यहरुमा रुपसागर अधिकारी, कंचन वराल, होमनाथ प्रसाई, इन्द्र सुव्वा, सुवास तिम्सिना, Read More…