विश्व

निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइयो

काठमाण्डौ, चैत ७ । सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ ।

निर्भया बलात्कार काण्डका दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो ।

सात वर्षअघि सन् २०१२ डिसेम्बर १६ मा ६ जना मिलेर बसभित्र निर्भयाको सामूहिक बलात्कार गरेको थियो। बलात्कारपछि उनलाई चल्दै गरेको बसबाट फ्याकिदिएको थियो।

Leave a Reply

Your email address will not be published.