स्वास्थ्य

कोरोना भाइरसबाट बच्ने केही महत्वपूर्ण उपायहरु

काठमाडौं, चैत ८ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोनाको सङ्क्रमणको जोखिम हुन नदिन यी उपायमात्र अपनाए पनि पुग्ने स्वास्थ्य विदहरु सुझाउछन् ।

  • यो भाईरसको आकार चार सयदेखि पाँच सय माइक्रोन हुन्छ । जुनै प्रकारको मास्कले पनि यसलाई रोक्न सक्छ । धेरै महँगो मास्क खरिद गर्न जरुरी छैन ।
  • यो भाइरस हावामा हुँदैन । कुनै एक वस्तुमा वा मानिस मानिसबीच शारीरिक मिलनबाट सर्ने गर्छ । त्यसैले हस्तमिलन कार्य, अंकमाललगायतका कार्य आजै बाट रोकौं ।
  • भिडभाड भएको ठाँउमा नजानु र अति आवश्यक बाहेक अनावश्यक मानिसहरुको भिडभाड नबनाउनु, बन्न नदिनु ।
  • हावा वा मानिसको छालामा यो भाइरस १० मिनेटसम्म बाँच्नसक्छ । त्यसैले स्यानिटाइजर लगाएर आफुलाई सुरक्षित राखौं ।
  • यो भाइरस २६ देखि २७ डिग्री तापक्रममा मर्छ । नेपालमा गर्मीयाम सुरु हुँदैछ, जोखिम कम हुँदै जाने निश्चित छ । त्यसैले घाममा बस्ने र तातो पानी पिउने गरौं ।
  • चिसो पेय पदार्थ र खानेकुरा खान छाडौं ।
  • नुन पानीले मुख कुल्ला गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published.