झापा, चैत ८ । बिभिन्न जटिल रोगबाट पीडित भई उपचार्रत रहेका र मृत्यु भएकाहरुको परिवारलाई प्रवासी अर्जुनधारा सेवा समाज कतारले ६० हजार रुपौयाँ रकम सहयोग गरेको छ ।
समाजले जटिल रोगका कारण उपचार गराइरहेका ३ र मृत्यु भईसकेका २ ब्याक्तिको परिवारलाई सहयोग हस्तनान्तरण गरेको हो ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ को कार्यलयमा भएकोे कार्यक्रममा उपचाररत रहेकी अर्जुनधारा नगरपालिका २ की मृगौला रोग पीडित मेलिना सिलवाल र क्यान्सर रोग पीडित मन माया चौहानको परिवार र इलामको माई नगरपालिका ४ बस्ने ब्रेन ट्युमर रोगबाट पीडित सजय तामाङको परिवारलाई समाजले नगर १२ हजार रुपौयाँका दरले सहयोग प्रदान गरेको हो ।
त्यस्तै जटिल रोगकै कारण मृत्यु भएका अर्जुनधारा नगरपालिका ३ का टेक बहादुर सार्की र कुमारी खवासको परिवारलाई पनि समाजले १२ हजार रुपौयाँका दरले सहयोग प्रदान गरेको छ ।
पीडित परिवारलाई अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष जिवराम भण्डारीले सहयोग हस्तनान्तरण गरेका थिए ।
प्रत्येक परिवारलाई १२ हजार रुपौयाँका दरले नगद ६० हजार प्रदान गरिएको समाजका कतार नेपाल समन्वय विभागका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।
कतारमा कार्यारत अर्जुनधारा नगरपालिकाका नागरिकहरुले पठाएको सहयोग पीडितलाई हस्तनान्तरण गरिएको श्रेष्ठले बताए ।
उनका अनुसार १ बर्ष अघि गठन भएको प्रवासी अर्जुनधारा सेवा समाज कतारमा करिब ३० जना भन्दा बढी आबद्ध छन् ।
समाजका अध्यक्ष गणेश दुलालको नेतृत्वमा संकलन गरेर पठाइएको सहयोग हस्तनान्तरण गरिएको श्रेष्ठले जानकारी दिए ।
समाजले बिभिन्न कार्यक्रम मार्फत अर्जुनधारा नगरपालिकाका कम्जोर आर्थीक अवस्था भएको परिवारमा ५ लाख भन्दा बढी सहयोग हस्तनान्तरण गरिसकेको जनाएको छ ।
सहयोग हस्तनान्तरण कार्यक्रममा समाजका तर्फबाट कतार नेपाल समन्वय विभागका अध्यक्ष श्रेष्ठ, सल्लाहाकार नविन बुढाथोकी र सदस्य मनोज चुम्बाङ सहभागी थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाका जनप्रतिनिधी वडा सदस्य होम दुलाल, सिताराम भट्टराई लगायत सामाजिक ब्याक्तिहरुको उपस्थिति थियो ।

