झापा, चैत ९ । चोरिएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सवारीधनी पत्ता लागेका तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यालय परिसरमा बोलाएर सवारी धनीलाई ती मोटरसाइकल हस्तान्तरण गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीका अनुसार मे ९ प ८४७२ नम्वरको मोटरसाइकल Read More…
Day: March 22, 2020
भोलिदेखि एक साता नाका बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, चैत ९ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । त्यस्तै सरकारले Read More…
कोरोना संक्रमणबाट बच्न रोट्रयाक क्लब अफ बिर्तामोडद्वारा मास्क वितरण
झापा, चैत ९ । रोट्रयाक क्लब अफ बिर्तामोडले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सचेतनाका कार्यक्रमसंगै मास्क वितरण गरेको छ । आइतबार क्लबले कोरोना भाइरसको संक्रमणबाट हुनसक्ने जोखिमका लागि खट्ने स्वास्थ्यकर्मीहरूलाई ध्यानमा राखी विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई १०० थान मास्क वितरण गरेको अध्यक्ष राज मुखियाले बताए । अहिले विश्वव्यापी महामारीको Read More…
बीरगञ्जमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो
बीरगञ्ज, चैत ९ । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही Read More…
कोरोना संक्रमणबाट बच्न लाइन्स क्लब अफ धाइजनको सचेतना कार्यक्रम
झापा, चैत ९ । लाइन्स क्लब अफ धाइजनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै चारआली बजार क्षेत्रमा सर्वसाधारणलाई साबुन पानीले हात धुने ब्यवस्था मिलाएको छ । कार्यक्रममा ट्राफिक प्रहरी बिट काँकरभिट्टा प्रमुख सई कालिदाश रेग्मी, ट्राफिक प्रहरी बिट चारआली प्रमुख असर्ड राजकुमार बस्नेत, पत्रकार पुस्कर गुरागाईलगायतको उपस्थिति रहेको थियो । Read More…
छिमेकी राष्ट्र भारतमा जनता कर्फ्यू शुरू, नेपालमा किन आनाकानी ?
काठमाण्डौ, चैत ९ । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । तर नेपालमा भने आनाकानी गरीरहेको पाईएको छ । नेपालमा पनि चाडै जनता कर्फ्यू लागु नगरे यसले भयङ्कर रुप लिने विज्ञहरु बताउछन् । त्यसैले नेपालमा पनि अहिले जटिल र संक्रमणकालको अवस्थामा अनिवार्य Read More…
आजदेखि सबै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध
काठमाडौं, चैत ९ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि नेपाल सरकारले आजदेखि १० दिनका लागि सबै अन्तरराष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए । सोही घोषणालाई कार्यान्वयन गर्न गठित Read More…







