स्वास्थ्य

छिमेकी राष्ट्र भारतमा जनता कर्फ्यू शुरू, नेपालमा किन आनाकानी ?

काठमाण्डौ, चैत ९ । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ ।

तर नेपालमा भने आनाकानी गरीरहेको पाईएको छ । नेपालमा पनि चाडै जनता कर्फ्यू लागु नगरे यसले भयङ्कर रुप लिने विज्ञहरु बताउछन् । त्यसैले नेपालमा पनि अहिले जटिल र संक्रमणकालको अवस्थामा अनिवार्य जनता कर्फ्यू लगाउनुको विकल्प नरहेको पनि विज्ञहरु बताउछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको हो ।

प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।

गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’ यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।

यसैबीच भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.