संघ \संस्था

कोरोना संक्रमणबाट बच्न लाइन्स क्लब अफ धाइजनको सचेतना कार्यक्रम

झापा, चैत ९ । लाइन्स क्लब अफ धाइजनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै चारआली बजार क्षेत्रमा सर्वसाधारणलाई साबुन पानीले हात धुने ब्यवस्था मिलाएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी बिट काँकरभिट्टा प्रमुख सई कालिदाश रेग्मी, ट्राफिक प्रहरी बिट चारआली प्रमुख असर्ड राजकुमार बस्नेत, पत्रकार पुस्कर गुरागाईलगायतको उपस्थिति रहेको थियो ।

क्लबले ट्राफिक प्रहरी बिट चारआली, पूर्व पश्चिम बस स्टेण्ड र इलाम स्टेण्डमा सर्व साधारण मानिसलाई हात धुन पानी र साबुनको ब्यवस्था मिलाएको छ । अब सो क्षेत्रमा आवतजावत गर्ने मानिसले मझाले हात धुन पाउने ब्यवस्था मिलाएको क्लबले जनाएको छ ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लाइन्स क्लब अफ धाइजनका अध्यक्ष हरि घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.