संघ \संस्था

वडा अध्यक्ष अधिकारी द्वारा जन्म उत्सवमा सहयोग

भिरकोट, चैत १९ । भिरकोट नगरपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले आफ्नो जन्म दिनको अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गर्नु भएको छ।

आफ्नो जन्म दिनको अवसरमा पारेर अधिकारी के हाल विश्वमा महामारी को रुपमा आएको कोरोना भाइरस कोबीड )१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले ले गरेको लक डाउन दैनकि ज्यालादारी, अतिविपन्न वर्गलाई दैनिक चुलो बाल्न गार्हो भई भिरकोट जेसीज र वालिङ जेसीज ले आर्थिक सहयोग र खाद्यान्न सहयोग गर्ने निर्णय गरेको र सोही अनुसार जन्म दिनको अवसरमा भिरकोट जेसीज लाई १६५०० बराबरको दाल ,चामल, नुन , तेल र वालिङ जेसीज लाई ३००० नगद सहयोग गर्नु भएको हो।

वालिङ जेसीज को नेतृत्व समालि सक्नु भएका अधिकारी ले हरेक आफ्नो जन्म दिनको अवसरमा सामाजिक संस्था र जो मानव सेवामा समर्पित हुन्छन् त्यस्ता सँग। संस्था हरुमा सहयोग गर्ने गरेको बताउनु भो ।

भिरकोट जेसिजका अध्यक्ष मिना खाड र वालिङ जेसिजका अध्यक्ष होमकान्त गौतमको समेतको सहभागितामा राहत बितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published.