विश्व स्वास्थ्य

विश्वभर कोरोनाको कहर: २०३ देशमा फैलिदा, ४७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत २० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०३ देशमा पुगेको कोरोना भाइरसबाट ९ लाख ३५ हजार १ सय ८९ जना संक्रमित भएका छन् । १ लाख ९३ हजार ९ सय ८९ जना निको भएर घर फर्किएका छन् ।

अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत रहेको छन् । जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर रहेको विश्य स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण अहिले (बितेको २४ घण्टा) मा चीनमा देखिएको छैन ।

Leave a Reply

Your email address will not be published.