अर्थ

परदेशबाट नै जन्म उत्सवमा आफ्नो गाँउलाई सहयोग

झापा, चैत २७ । मेचीनगर नगरपालिका वार्ड नं ३ स्थित दोकानडाडा घर भएका हाल बिगत पन्द्र बर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहदै आएका सन्तोष भट्टराईले आफ्नो जन्म दिनको अवसर पारेर मेचीनगर ३ वडा कार्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

आफ्नो जन्म दिनको अवसरमा पारेर भट्टराईले हाल विश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनक ज्यालादारी, अतिविपन्न वर्गलाई दैनिक चुलो बाल्न गार्हो भई रहेको अवस्थामा आफुले पनि आफ्नो गाँउका लागि सानो सहयोग गरेको भट्टराईले बताए ।

उनले आफ्ना मामा समेत रहेका सञ्चारकर्मी देबु बानिया मार्फत वडा अध्यक्ष हर्क बस्नेतलाई नगद १० हजार हस्तान्तरण गरेका छन् ।

आफ्नो जिबनको वास्तानगरी खाडिमा आफै कोरोनाको नजिक रहेर पनि आफ्नो जन्मगाँउका इष्टमीत्र साथिभाइ तथा समस्त मानवहितमा सहयोग गरी जन्मदिनलाइ सेवामा समर्पित गरेकोमा वडा अध्यक्ष बस्नेलले आभार ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.