अर्थ

जनताका प्रीय जनप्रतीनिधि जसले विपदमा दिए आफ्नो सेवा सुविधा

झापा, चैत ३० । मेचीनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले आफुले जनप्रतीनिधि बापत पाएको पारिश्रमीक भत्ता मेचीनगरनगरपालिकाले स्थापना गरेको आकस्मिक राहत कोषलाई दिने घोषण गरेका छन् ।

तत्कालीन नेकपा एमाले बाट मेचीनगर ८ बाट वडा सदस्यमा निर्वाचित भए पश्चात जनताका उल्लेखिय काम गरेर जनता माझ लोकप्रीय बनेका यूवा नेता मेचेल पारिश्रमीक भत्ता नगरको राहत कोषलाई दिने घोषणा गरेका छन् ।

अहिलेको बिषम परिस्थितिमा नगरले खडा गरेको राहत कोषमा सहयोग गर्नु हामी सबैको दायित्व हो त्यसैले पनि आफुले जनप्रतीनिधि बापत पाउने चैत र बैशाख महिनाको पारिश्रमीक भत्ता नगरको राहत कोषलाई दिने निर्णय गरेको वडा सदस्य मेचेले हाम्रो खबरपाटीलाई बताए ।

जनताका दुःखलाई नजिकबाट बुझेका उनले जनताको समस्यालाई आफुले सक्ने सम्म जुनसुकै हालतमा पनि निकास दिदै आएका छन् ।

सामान्य परिवारका मेचे समुदायमा जन्मेर पनि जनताको दुःखमा मल्हम लगाउन अलिकती पनि बिचल्ली नहुने विकास निर्माण संगै मानव सेवामा अहोरात्र खटने मेचे सानो तिनो व्यापार ब्यवसाय गरेर आफ्नो घर चलाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.