संघ \संस्था

मेचीनगर ४ का जनप्रतिनिधिको एक महिनाको भत्ता राहत कोषमा

झापा, चैत ३० । मेचीनगर राहात कोषमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधिहरुले आफुले पाउने एक महिनाको भत्ता जम्मा गर्ने भएका छन् ।

मेचीनगर राहात कोषमा वडाका सबै पाँचै जनाको एक महिनाको बैठक भत्ता जम्मा गर्ने निर्णय भएको मेचीनगर–४ का वडा अध्यक्ष नविन बरालले बताए ।

वडा अध्यक्ष बराल सहित वडा सदस्यहरु मञ्जीता तामाङ, कमला दर्जी, प्रल्हाद दाहाल र बिनोदकुमार रन्जीतकारले आफुले पाउने बैठक भत्ता सहितका अन्य पारिश्रमिक बापत एक महिनामा पाउने रकम कोषमा जम्मा गर्ने निर्णय भएको वडा अध्यक्ष बरालले बताए ।

Leave a Reply

Your email address will not be published.