स्वास्थ्य

मेचीनगरमा आइपुग्यो ‘कोरोना डेस्क’

झापा, बैशाख ६ । प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा शनिबार पीपीई अन्तरगतको कोरोनाको स्वाब संकलन गर्ने क्याविनेट जडान गरिएको छ ।

This image has an empty alt attribute; its file name is 93819207_3502619816422070_7184018438254231552_n.jpg

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि पीपीई क्याविनेट धुलाबारीमा जडान गरिएको हो ।

केन्द्रले उत्पादन गरेको उक्त क्याविनेट मोरङको उर्लाबारी स्थित त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा मेचीनगर–१० स्थित प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा निःशुल्क जडान गरिएको राष्ट्रिय आविष्कार केन्द्रका पूर्वाञ्चल प्रतिनिधि युवराज अधिकारीले जानकारी दिए ।

उनले आविष्कार केन्द्रले कोरोना भाइरसलाई लक्षित गरि उक्त स्वास्थ्य कक्ष ६५ हजारको लागतमा निर्माण गरि अस्पतालहरुलाई निःशुल्क प्रदान गरिदै आएको बताए ।

स्वास्थ्यकर्मीहरुसँग आवश्यकीय पीपीई समेत नहुँदा ज्यान जोखिममा राखेर स्वास्थ्य जाँच गर्नु परिरहेको बेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पीपीई क्याविनेटकले डाक्टार तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज भएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

कोरोना आंशका गरिएका तथा अन्य रोगका विरामीलाई समेत सेवा दिन सजिलो भएको उनले बताए । यो मेशिनबाट कोरोना महामारीपछि पनि क्षयरोग लगायातका विभिन्न प्रकारका विरामीका लागि स्वास्थ्य जाँच्न प्रयोग गरिने वडाध्यक्ष एवम् प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष सुदय पनेरुले जानकारी दिए ।

झापामा पीपीई क्याविनेटक मेशिन यसअघि दमक, कनकाई र गौरादहमा जडान गरिसकिएको अधिकारीले बताए । झापाका प्रायः सबै पालिकाका अस्पतालमा पुर्याउने योजना रहेको उनको भनाई छ ।

विशेष गरेर स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त पीपीई क्यावेनट जडान गरिएको हो । कोरोना लगायतका विरामीलाई बाहिरबाट चेकजाँच गर्न सकिनेछ ।

क्यावेनट भित्र र बाहिर माइक र साउण्ड सिस्टम जडान गरिएको छ । जस्ले गर्दा डाक्टर र विरामी दुवै जनाले सुन्न सक्छन् ।

कोरोना संभावित विरामीलाई चिकित्सकले वुथ बाहिरैबाट ग्लोब र माइकको सहायाताबाट चेकजाँच गर्न, सल्लाह सुझाव र औषधि लेखिदिन सक्नेछन ।

डाक्टर महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पीपीई क्यावेनट उत्पादन गर्दै आएको छ । केन्द्रकै मापदण्ड अनुसार उर्लाबारीको त्रिकाल फाउण्डेशनले पनि पीपीई क्यावेनट उत्पादन गर्न थालेको पूर्वाञ्चल प्रतिनिधि अधिकारीले बताए ।

क्यावेनट जडान कार्यक्रममा नगरप्रमुख आचार्य, वडाध्यक्षहरु सुदय पनेरु,नविन बराल, विपद व्यवस्थापन समिति संयोजक टिकाराम मंग्राती, कृष्ण कार्यपालिका सदस्य कनाल लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.